बिहीबार , कार्तिक २० गते २०८३
images
images

राप्रपाले बनायो स्थानीय तह निर्वाचनका लागि यस्तो रणनीति

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 238
    SHARES
  • राप्रपाले बनायो स्थानीय तह निर्वाचनका लागि यस्तो रणनीति

    माघ २७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरेको छ ।

    images

    बैठकमा राप्रपा महामन्त्री एवं निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए ।

    राप्रपाले पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको छ ।

    images

    राप्रपाले फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ । यस्तै फागुन मसान्तभित्र स्थानीय तह  निर्वाचनका उम्मेद्वारको टुंगो लगाइसक्ने जनाएको छ । यस्तै राप्रपाले देशव्यापी पार्टी प्रवेश कार्यक्रम र कोणसभा सञ्चालन गर्ने जनाएको छ ।

    Avatar