बिहीबार , कार्तिक २० गते २०८३
images
images

युवा संघ नेपालले देशभर एमसीसी विरुद्ध प्रदर्शन गर्ने

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 705
    SHARES
  • युवा संघ नेपालले देशभर एमसीसी विरुद्ध प्रदर्शन गर्ने

    माघ २७ काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले देशभर विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । आज युवा संघ प्रचार विभागले संघको केन्द्रीय कार्यलयमा ‘नो एमसीसी’ आन्दोलनको उद्घोष गरेको हो ।

    images

    कार्यक्रमका उद्घोषक तथा युवा संघ प्रचार विभाग प्रमुख सन्जीप राइले देशको हितविपरीत एमसीसी सम्झौता गर्ने पुर्व ओली सरकारको कडा आलोचना गरे ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव विजय पौडेलले ले एमसीसी दान नभई ऋण रहेको बताए, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै उनले एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने बताए ।

    images

    कार्यक्रममा पार्टि पोलिटब्युरो सदस्य तथा युवा फाँट ईञ्चार्ज दिलु पन्तले एकीकृत समाजवादीले देश हित बिपरीतका कुनै सहयता स्विकार्य नहुने बताईन् । एमसीसी राष्ट्रघाती रहेको ठहर गर्दै नेकपा एकीकृत समाजवादीले सम्झौता खारेज गर्न माग गरिसकेको छ । त्यसैलाई निरन्तरता दिदै युवा संघ नेपालले देशैभर फागुन १ गते काठमाडौंको माइतीघर र सम्पुर्ण जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने ।

    सरकारले फागुन २ गते एमसीसी संसदमा पेस गर्ने तयारी गरेलगत्तै नेकपा एकीकृत समाजवादीले आन्दोलनको घोषण गरेको हो ।