बिहीबार , कार्तिक २० गते २०८३
images
images

जोशीलाई भेट्न अस्पताल पुगे मन्त्री आले

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 204
    SHARES
  • जोशीलाई भेट्न अस्पताल पुगे मन्त्री आले

    माघ २८ काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।

    images

    मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीकाे स्वास्थ्यअवस्थाकाे जानकारी लिएका हुन् ।

    जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेकाे छ । तर,मन्त्री आलेले जाेशीकाे उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेकाे मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    images

    जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए ।