आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 260
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि

    माघ २८ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रवार) नेपाली बजारमा सुनको भाउ एक सयले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाको ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

    यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । 

    images

    चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।