बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेलाई लाग्यो स्थानिय तह निर्वाचन, पहिलोपटक आज औपचारिक कार्यक्रम

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 312
    SHARES
  • एमालेलाई लाग्यो स्थानिय तह निर्वाचन, पहिलोपटक आज औपचारिक कार्यक्रम

    माघ २८ काठमाडौं । स्थानिय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।

    images

    आगामी ३० बैशाखमा एकैचरणमा स्थानिय तहको निर्वाचनको मिति गर्ने घोषणा भए लगत्तै एमालेले स्थानिय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना शुक्रवार गर्न लागेको हो ।

    ‘कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन,’ एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए । उनका अनुसार शुक्रवार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीवाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्वोधन गर्नेछन् ।न्युज कारखाना
     

    images