आइतबार, कार्तिक १६ गते २०८३
images
images

लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 382
    SHARES
  • लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा

    माघ २८ काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका वडा न. २९ को डिल्लीबजारमा संचालनमा ल्याएको छ । 

    images

    डिल्लीबजारको कालिका मार्गमा रहेको यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पुर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुच पुर्याउने लक्ष्य राखेको छ ।

    यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

    images

    यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ । 

    यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपुर्ण फड्को मार्ने विश्वास लिएको छ ।