आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनसेलले घटायो सबै लोकल कलको महशुल दर

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 644
    SHARES
  • एनसेलले घटायो सबै लोकल कलको महशुल दर

     माघ २९ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ । प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । 

    images

    यो परिमार्जित नयाँ महशुल दर शुक्रबार माघ २८ बाट लागू भएको हो । नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स्१७१०७ह्यास डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यो नयाँ महसुल दर २०७९ साउन २४ गते सम्म लागु रहनेछ ।