आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 487
    SHARES
  • सुन एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

    फागुन १ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली स्थानीय बजारमा सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले  बढेको छ  ।

    images

    शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।