आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 404
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    फागुन १ काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ दुई पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा छ ।

    स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६८ पैसा र बिक्री दर १३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ एक पैसा छ ।

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७  पैसा र बिक्री दर १० रुपैयाँ ४२  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२  पैसा र बिक्री दर १९ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ सात पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल  एकको खरिद दर ३३ रुपैयाँ पाँच पैसा र बिक्री दर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ छ र बिक्री दर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।