आइतबार, कार्तिक १६ गते २०८३
images
images

जम्बो मन्त्रिपरिषद्‌ बनाएको बागमती सरकारले झन्डै ७२ लाख खर्चेर गाडी किन्दै

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 380
    SHARES
  • जम्बो मन्त्रिपरिषद्‌ बनाएको बागमती सरकारले झन्डै ७२ लाख खर्चेर गाडी किन्दै

    फागुन २ काठमाडौं । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्‌मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।

    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।

    हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ । १४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ । 

    images