फागुन २ काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाली स्थानीय बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो ।
यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । आइतबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)

