आइतबार, कार्तिक १६ गते २०८३
images
images

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 421
    SHARES
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

    फागुन २ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम छ । 

    images

    युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ५८ पैसा र बिक्री दर १३७ रुपैयाँ २६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १८ पैसा र बिक्री दर १६३ रुपैयाँ ९९ पैसा छ ।

    स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९६ पैसा र बिक्री दर १३० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    images

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८६ पैसा र बिक्री दर ८६ रुपैयाँ २९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९४ पैसा एक पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२  पैसा र बिक्री दर १० रुपैयाँ ४८  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३  पैसा र बिक्री दर १९ रुपैयाँ तिन पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ सात पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८५ पैसा र बिक्री दर ३३ रुपैयाँ एक पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम छ ।