बिहीबार , कार्तिक २० गते २०८३
images
images

हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौं : अध्यक्ष ओली

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 331
    SHARES
  • हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौं : अध्यक्ष ओली

    फागुन २ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

    images

    सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले उक्त कुरा बताएका हुन् । 

    images

    बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीका बारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् । एमाले संसदीय दलको बैठक सकिएको छ ।