बिहीबार , कार्तिक २० गते २०८३
images
images

कसरी ह्वात्तै बढे कास्कीमा मतदाता

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 605
    SHARES
  • कसरी ह्वात्तै बढे कास्कीमा मतदाता

    फागुन  २ कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।

    images

    २०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् ।

    योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।

    images

    यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।  थपिएका मतदाता माथी दावी विरोधको समय अझै बाँकी रहेको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।