फागुन २ काठमाडौं । ईलाम नगरपालिका वाड नं. ९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको फागुन १ गते आईतबारका दिन पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, प्रदेश नं १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लड्वा लिम्बूको विशेष आतिथ्यमा, सूर्योदय नगरपालिका मेयर रन बहादुर राइ साथै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युबराज अधिकारी र उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारी सहितको टोली लगायतको उपस्थितिमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
यो राष्ट्रिय गौरवको आयोजना पुर्ब प्रधानमन्त्री झलनाथ खनालले इलाम जिल्लामा एयरपोर्ट चाहिने कुराको महशुस गरि आफु प्रधानमन्त्री हूदा नीति तथा कार्यक्रममा समावेश गरि बजेट ब्यवस्थापन गर्नुभएको थियो ।
प्रधानमन्त्री हुँदा शिलान्यास गर्नुभएको एयरपोर्ट आजबाट बिधिवत रुपमा उद्घाटन गरि सुचारु भएको छ। अब हाम्रो पर्यटकीय जिल्ला ईलाम र काठमाडौं को दुरी १ घन्टामा छोटिएको छ । केहि दिन अघी मात्रै नेपाल उडयन प्राधिकरण ले परिक्षण उडान भएको थियोे ।
.jpg)


