बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 613
    SHARES
  • ‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग

    फागुन ३ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई  उठाउने(अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।

    images

    सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो  । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेको छ ।

    एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ रु’ 

    images

    एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको  उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।

    यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द हटाइएको छ ।

    मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’ 
    युवाः इन्डियातिर छु’ 
    मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार?’
    युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
    मन्त्रीः कस्तो आश ?
    युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
    (मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
    मन्त्रीः भन नी तेरी मा.... तलाईं मैले के गरेको थिएँ ?’ 
    युवाः के गरेको छु ? 
    मन्त्रीः तलाई मा.... त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
    युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
    मन्त्रीः तेरी मा.... भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा....’
    युवाः आउन आउ।।। आइजो न आइजो, त मुला बेसरम... तस्कर...
    मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
    युवाः तस्कर मुला... बेसरम, लाज छैन, तस्कर... मन्त्रीका लागि बेची खाने तस्कर’
    मन्त्रीः जे पायो, त्यही लेख्छस मा...कुकुर...तलाईं मा ... कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
    युवाः मलाई ? तँ के गर्छस् भन न ?
    युवाः त मा।।। कहाँ छस भन त रु
    मन्त्रीः तँ ....छोरा होस क्या, त चुतियाँ साले, मु.... ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस?’
    मन्त्रीः त मा....ट्वालेट सफा गर्छस् ... का छोरा, मलाई सिकाउँछस ?
    युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
    मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
    युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
    मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ....का छोरी । 
    युवाः बम्बई भन्या त पहिला तलाईं....अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? 
    मन्त्रीः तेरी मा..... तेरो ठेगाना पठा त ?

    युवाः अधेँरी छुु, अधेँरी.....सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
    मन्त्रीः लोकेसन नि पठा त ?
    युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
    मन्त्रीः तेरी मा.....तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

    यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ । न्युज कारखाना