बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा त्रिवि उपप्राध्यापक पदबाट राजीनामा दिएका प्रेमध्वज र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालबीत प्रतिस्पर्धा

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 498
    SHARES
  • कांग्रेस सिन्धुपाल्चोक सभापतिमा त्रिवि उपप्राध्यापक पदबाट राजीनामा दिएका प्रेमध्वज र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालबीत प्रतिस्पर्धा

    फागुन ३ चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

    images

    १४औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्ततस् सभापति शेरबहादुर देउवा पक्षधर लामा र  शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएको हो ।

    २०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको पार्टी संगठन विस्तारमा लाग्ने नेता हुन् ।   

    images

    काठमाडौंमा बसेर अधिकांश समय प्राध्यापनमा बिताएका लामाले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर सभापतिमा भिड्दै छन् ।

    लामा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए  । लामा सभापति देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन् ।

    अन्तिम समयमा तामाङलाई समर्थन गरेर अगाडि बढ्ने रणनीतिमा कोइराला पक्षका नेता छन् । देउवा पक्षमा भने बस्नेतले छानेका व्यक्ति सभापतिको उम्मेदवार हुने निश्चित छ ।

    कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन १३ फागुनमा हुँदैछ । समायोजन, क्रियाशील विवाद र विभिन्न आन्तरिक द्वन्द्वले पटक(पटक स्थगित भएको अधिवेशन फागुनमा हुन लागेको हो ।