आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, हेर्नुस् आजको बजार भाउ

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 638
    SHARES
  • सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, हेर्नुस् आजको बजार भाउ

    फागुन ३ काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली स्थानीय बजारमा सुनको भाउ प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएको छ । 

    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ । 

    images

    चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।