बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव 

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 358
    SHARES
  • संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव 

    फागुन ३ काठमाडौं । संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन। 

    images

    सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । 

    बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

    images

    सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ । न्युज कारखाना