बिहीबार , कार्तिक २० गते २०८३
images
images

अर्घाखाँचीमा यातायात र बजार ठप्प

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 316
    SHARES
  • अर्घाखाँचीमा यातायात र बजार ठप्प

    -हरिप्रसाद भुसाल

    images

    फागुन ४ अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टीसहित ६ दल र दुई मोर्चाले‍ आह्वान गरेको नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र  बजार ठप्प बनेका छन् ।

    सरकारले एमसिसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका हुन् । बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् ।

    images

    बन्दकर्ता सन्धिखर्क बजारका चोकचोकमा निस्किएका छन् ।