आइतबार, कार्तिक १६ गते २०८३
images
images

ह्वातै घट्यो सुनको मूल्य, के सुन खरिद गर्ने योजनामा हुनुहुन्छ ? यसो गर्नुहोस्

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 387
    SHARES
  • ह्वातै घट्यो सुनको मूल्य, के सुन खरिद गर्ने योजनामा हुनुहुन्छ ? यसो गर्नुहोस्

    फागुन ४ काठमाडौं । साताको चौथो दिन नेपाली स्थानिय बजारमा सुनको भाउमा बुधबार गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ । 

    images

    बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय रुपैँयाँ कायम भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैँयामा कारोबार भएको थियो । 

    यसैगरी, बुधबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलमा ३५ रुपैँयाले घटेको छ । मंलबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
     

    images