बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धु एमालेमा फेरि गयो अर्को ठूलो पहिरो, गाउँपालिका अध्यक्षले गरे एमाले परित्याग

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 332
    SHARES
  • सिन्धु एमालेमा फेरि गयो अर्को ठूलो पहिरो, गाउँपालिका अध्यक्षले गरे एमाले  परित्याग

    फागुन ४ चौतारा । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् ।

    images

    लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए । उनले हालै सम्पन्न भएको जिल्ला महाधिवेशनपछि केन्द्रीय सदस्य शरेस नेपालले अपमान गरेको आरोप लगाएका छन् ।

    images

    उनले एमाले छाडेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आकलन गरिएको छ । यसअघि पूर्वसांसद सुवास कर्माचार्यसहित सयौं नेता कार्यकर्ताले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए । तर, उनले पार्टी परित्याग गर्दा कुन पार्टीमा जाने खुलाएका छैनन् ।