आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, के नेपाल आयल निगमले फेरि मूल्य बढाउला ?

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 2.5K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, के नेपाल आयल निगमले फेरि मूल्य बढाउला ?

    फागुन ५ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । 

    images

    नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो । 

    आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

    images

    नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।  निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।                            nigam.jpg