बिहीबार , कार्तिक २० गते २०८३
images
images

यी नै हुन २१ वर्षीय युवा जसले मेयरमा आफ्नो उम्मेदवारी घाेषणा गरे

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 417
    SHARES
  • यी नै हुन २१ वर्षीय युवा जसले मेयरमा आफ्नो उम्मेदवारी घाेषणा गरे

    फागुन ६ कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।

    images

    स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नकाे लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।

    लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरुमाझ लाेकप्रिय छन् ।

    images

    असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छ्न ।

    "यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । यो समय मत मात्रै  हाेइन मनको सर्बेक्षण गर्ने पनि समय हो ।" भाटले भने "नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।