फागुन ६ काठमाडौं । सदियौ लामाे राजसंस्थाको सकसबाट उन्मुक्ति पाएको नेपाली समाजले बल्लतल्त शान्तिपुर्ण श्वास फेर्न पाएको १५ बर्ष हुँदै गर्दा फेरि पनि नेपाली समाजमा एमसीसी नामको अर्को निरङ्कुशता लादिने असफल प्रयास गरिदैछ ।
हिजो पुर्खाहरुको रगत पसिनाले जोगाएको यो मुलुक कुनै विदेशी दलालको हातमा एक थोपा रगत र एक मुठि श्वास रहेसम्म वीर गेार्खालीहरुले छिन्न दिने छैनन् राष्ट्र, राष्ट्रियता, सार्वभैामसत्ता र सम्प्रभुता जेागाउन वीरहरुले धेरै रगत पसिना यो भुमिमा सिन्चित गरेका छन् ।
पुर्खाहरुको वीरताले जेागाएको यो मुलकमा साम्राज्यबादी जल्लादहरुका सेनाहरुको बुट बजार्न दिइने छैन । यसका खातिर सम्पुर्ण देशप्रेमी युवा,बुद्धिजिवी,समाजसेवी र न्यायप्रेमी समुदाय लामबद्ध हुन जरुरी छ । अहिले नेपाल आमा सकसमा छिन्, यस बिषम परिस्थितिमा देश जोगाउन सबै तह तप्का र वर्ग क्षेत्रको उत्तिकै भुमिका छ । कुनै एक अमुक राजनितिक दलको खोल नओढि नेपाल आमाको रक्षाका खातिर सम्पुर्ण न्यायप्रेमी जनसमुदायहरु शिरमा कफन बाधेर सडकमा ओर्लन जरुरी छ ।
`नेपाली हामी रहुला कहाँ नेपालै नरहे´भन्ने राष्ट्रभक्ति गीतलाई शिरोपर गरि अघि बढ्न जरुरी छ । यो कस्तो बिडम्बना दिएको भिक लिन्न भन्ने पनि नपाउने? एउटा सार्वभौम राष्ट्रमाथिको यो भन्दा नाङ्गो हस्तक्षेप अरु के हुन सक्छ । यो बेला कुनै राजनितिक दल पार्टि बिशेष भन्दा पनि माथि उठेर नेपाल आमाका रक्षाका खातिर युवा लामबद्ध हुन जरुरी छ ।
भलै सत्ताको स्वादमा पल्केका, पैसा र पावरले मै मत्ता भएका, विदेशीका जुठा खाएका हाम्रा नेता , प्रतिनिधि भनाउदाहरु लेाभ लालसमा फस्लान, स्वार्थका पछि लाग्लान् तर नेपाली जनताहरु एकढिक्का भएर त्यसकेा प्रतिबाद गर्न साहस राख्नुपर्छ । ति राष्ट्रघाति सम्झैातामा हस्ताक्षर गर्ने जल्लादहरुलाई गाँउ प्रवेशमा रोक लगाउनुपर्छ । तिनलाई पुर्खाहरुले जोगाएको यस पवित्र भुमिमा हिड्ने अधिकार छैन ।
यदि मकवानपुर जिल्लाका कुनै प्रतिनिधिले राष्ट्रघाति असमान सम्झैाता एमसीसीमा हस्ताक्षर गरेर आए भने मनहरी ३ नं वडा कमिटी(माअेावादी केन्द्र) ती नालायक कपुतहरुकेा हस्ताक्षर गर्ने औंला किचिदिन्छौं । खबरदार राष्टिघातिहरु तिमीहरुलाई हाम्रो मनहरी गाउपालिकामा प्रवेश गर्न दिईने छैन । तिम्रा घर जग्गा जफत गरेर दुखी गरिब जनतालाई बाडिदिनेछौं । हिजो जनयुद्धकालमा तिम्ले सिकाएका पाठहरु हाम्रेा मनमा ताजै छन् । क्रान्ति पछिकेा प्रतिक्रान्ति फेरि शंखघेाष हुनेछ । हिजो खेलाएका बम बारुदका गन्ध आज पनि ताजै छन् ।
बन्दुक चलाउन छेाडिएको मात्रै हो कामरेडहरु बन्दुक चलाउन बर्सिएको छैन । हिजो तिम्ले चलाउन सिकाएका बन्दुकहरुले तिमिलाई नै निशाना लगाउने छन् । शान्ति प्रकृया पछिका दशौ बर्ष जनताले सहन गरिसकेका छन् । तिमिहरुले सधै जनयुद्धका ब्याज खाएर बसिरहने अवस्था हुने छैन । हिजो त जनताले खाई नखाई गाँस काटेर जेागाएका थिए तर आज तिम्लाई जोगाउने केाहि हुने छैनन् ।
न्यायप्रेमी जनसमुदायहरु,अहिले यस कठिन परिस्थितिमा रहेकी नेपाल आमाका रक्षाका खातिर तेरो मेरो नभनी राष्ट्रघाति नेताहरुको पक्षपेाषण नगरि स्वतन्त्र ढङ्गले विचार गरि सबै देशभक्त युवा सडकमा ओर्लन जरुरी छ । भाई फुटे गवार लुटे भन्ने नेपाली उखानलाई शिरोपर गरि यस बिषम् परिस्थितिमा सबै युवाको आवाज एकै हुनुपर्दछ । हामी नेताका गोटि हैनौ । हामी तिनिहरुका भाडाका टट्टु हैनौ । हामी तिनिहरुका गुलाम हैनौ । आजसम्म तिनिहरले हाम्रो ताउलेामा जाउलो हालिदिन आएका छैनन्, हाम्रै गाँस काटेकेा करले चिल्ला भएर हिडिरहेका छन् भने के हामी तिनकेा भर्याङ मात्रै बन्ने हेा त? यो गम्भिर प्रश्न अहिले युवाका माझ खडा भएको छ?
न काम गर्न सिकाए, न पढेर विद्वान हुन दिए । टायर बाल्न सिवाय अरु केहि सिकाएन्, भत्काउन बिगार्न देखि अरु केहि सिकाएन् । दिनानुदिन विदेशीने युवा हजारौ हजार छन् । अझै उनिहरुले जेजे गर्छन् त्यसैको समर्थन गरेर दासत्व स्विकार गर्नु जरुरी छैन । हो देशका निम्ति जनताको विचमा आउछन् भने स्वागत छ । उनिहरुलाई सलाम छ । नत्र विदेशीको जुठो खाई सार्वभैामिकता माथि गिद्दे नजर लाउनेहरुलाई प्रवेश दिने जल्लादहरुलाई गाउ छिर्न दिइने छैन । जनताको धैर्यताको बाध फुटेपछि त्यसले आधिबेहरी सिर्जना गर्नेछ ।
त्यो आधिबेहरीले सबै राष्ट्रघातिहरुलाई धुलोपिठो पारेर नामेट गरेर लानेछ । पटक पटक लडेका जनताहरु फेरि पनि एक चोटि साम्राज्यवादि ,दलाल, राष्ट्रघाति नेाकरशाह बिरुद्ध लड्नेछन् । स्मरण रहेास् त्यो दिन तिमि जल्लाद राष्ट्रघातिहरुलाई जोगाउन ति विदेशी प्रभुहरु आउने छैनन् , आउछन् त केवल तिमिहरुका सर्वनाशका खातिर यमराजका दुतहरु......................................
उमेश गौतम - नेकपा (माअेावादी केन्द्र) मनहरी गाउपालिका ३ नं. वडा कमिटि सचिव, मकवानपुर
.jpg)


