आइतबार, कार्तिक १६ गते २०८३
images
images

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 427
    SHARES
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

    फागुन ६ काठमाडौं । नेपाल राष्ट्र बैंकले  शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ । 

    images

    युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २६ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १० पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ११ पैसा र बिक्री दर १३० रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ३२ पैसा र बिक्री दर ८६ रुपैयाँ ७५ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८२ पैसा छ । 

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।  साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३२ रुपैयाँ ११ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    images

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ छ  पैसा कायम छ ।