बिहीबार , कार्तिक २० गते २०८३
images
images

ज्ञानेन्द्र शाही नेतृत्वको सिङ्गो टिम राप्रपामा समाहित

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 393
    SHARES
  • ज्ञानेन्द्र शाही नेतृत्वको सिङ्गो टिम राप्रपामा समाहित

    फागुन ६ काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ सिङ्गो टिम राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।

    images

    राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे ।

    एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

    images

    मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा.धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।