बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसीविरुद्ध नेकपा (एस) निकट युवा संघ नेपालको विशाल प्रदर्शन

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 2.5K
    SHARES
  • एमसीसीविरुद्ध नेकपा (एस) निकट युवा संघ नेपालको विशाल प्रदर्शन

    फागुन ६ काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा विशाल प्रदर्शन गरेको हो । युवा संघको केन्द्रीय कार्यालय बबरमहलबाट निष्केको र्याली नयाँ बानेश्वरमा पुगेर विरोध प्रदर्शनमा परिणत भएको थियो ।

    images

    युवा संघ नेपालको गैरभौगोलिक प्रदेश कमिटीका अध्यक्ष एवं केन्द्रीय सचिव सुशिल भट्टराईको अध्यक्षतामा निष्केको र्यालीमा युवा फाँट इन्चार्ज दिलु पन्त, युवा संघका नेताहरु संजीप राई, नरेश गिरी, दिपक दुवाडी, तिर्थ श्रेष्ठ, भेषराज शाह, सन्तोष राई, बबिता पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो । एमसीसी सम्झौताका सर्त संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने युवा संघको माग रहेको छ । यथास्थितिमै कुनै पनि हालतमा एमसीसी पारित गर्नुहुदैन भन्दै युवा संघ विरोधमा उत्रेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।

    यस्तै युवा संघको वागमती प्रदेश कमिटीले एमसीसी विरुद्ध हस्ताक्षर संकलन गरेको छ । युवा संघका सचिव एवं बागमती प्रदेश कमिटीका अध्यक्ष फुवा लामाको अध्यक्षता र संघका इन्चार्ज रोशन थापाको विशेष सहभागितामा १० हजार भन्दा बढी हस्ताक्षर संकलन गरिएको छ ।

    images

    संकलित हस्ताक्षर आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाईने कार्यक्रम रहेको लामाले बताए । एमसीसी विरुद्ध आन्दोलन गर्दै आएको संघले त्यसका सर्त संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने पक्षमा रहेको छ ।