बिहीबार , कार्तिक २० गते २०८३
images
images

भोलि बस्ने संसद बैठकको कार्यसूचीमा अटाएन एमसीसी

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 372
    SHARES
  • भोलि बस्ने संसद बैठकको कार्यसूचीमा अटाएन एमसीसी

    फागुन ७ काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

    images

    जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ । सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।