बिहीबार , कार्तिक २० गते २०८३
images
images

युवा संघ नेपालले भोलि मार्चपाससहित सांसद भवन घेराउ गर्ने

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 538
    SHARES
  • युवा संघ नेपालले भोलि मार्चपाससहित सांसद भवन घेराउ गर्ने

    फागुन ७ काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ८ गते सांसदमा एमसीसी टेबुल गरि पास गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव भेष राज शाहले बताए ।

    images

    युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने संघका संघका सचिव तथा कार्यलय प्रमुख नरेश गिरिले बताए ।

    सरकारले पटक पटक एमसीसी पास गर्ने तयारी गरेको हुदा युवा संघ नेपालले देश भरी आन्दोलन गरि रहेको र भोलि ११:३० बजे युवा संघको कार्यलयबाट मार्च पास सहित सम्सद भवन घेराउ गर्ने कार्यक्रम रहेको सचिब गिरिले जानकारी दिए ।

    images