आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको, कति छ चाँदीको कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 291
    SHARES
  • सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको, कति छ चाँदीको कारोबार ?

    फागुन ८ काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली जमा सुनको भाउ प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर  छ  । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

    images