बिहीबार , कार्तिक २० गते २०८३
images
images

साढे दुई वर्षपछि आज संसद बैठकमा एमसीसी पेस हुँदै, के आउला निष्कर्ष ?

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 390
    SHARES
  • साढे दुई वर्षपछि आज संसद बैठकमा एमसीसी पेस हुँदै, के आउला निष्कर्ष ?

    फागुन ८ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ । संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबबार बैठकमा सो प्रस्ताव पेस गर्न लागिएको हो ।

    images

    बालुवाटारमा आइतबार बिहान बसेको पाँँचदलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । 

    केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए । तर, तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन । 

    images

    २९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको थियो ।