बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवा संसद भवन पुगे 

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 263
    SHARES
  • प्रधानमन्त्री देउवा संसद भवन पुगे 

    फागुन ८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन । 

    images

    प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । समितिको बैठकपछि संसद बैठक बस्नेछ । सोही बैठकमा सहभागी हुन प्रधानमन्त्री पुगेका हुन् । 

    आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । यसको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । 

    images