फागुन ९ काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
.jpg)

