बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसी टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल गर्न नेकपा (एस)को सचिवालय बैठक सुरु

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 216
    SHARES
  • एमसीसी टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल गर्न नेकपा (एस)को सचिवालय बैठक सुरु

    फागुन ९ काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । 

    images

    उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ । 

    नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् । 

    images

    अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ । अव परिमार्जनको बिषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन् । 

    आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिइन् ।