बिहीबार , कार्तिक २० गते २०८३
images
images

ढुक्क हुनुहोस्, एमसीसी संसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 407
    SHARES
  • ढुक्क हुनुहोस्, एमसीसी संसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत

    फागुन ९ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदन हुने बताएका छन् ।

    images

    सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताए । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भने ।

    उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे । कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए । ‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ उनले भने ।

    images