आइतबार, कार्तिक १६ गते २०८३
images
images

बेइजिङमा ल्याइयो चीनको जनसंख्या बढाउन दुनियाँ चकित पार्ने यस्तो नीति, आखिर के छ त ?

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 438
    SHARES
  • बेइजिङमा ल्याइयो चीनको जनसंख्या बढाउन दुनियाँ चकित पार्ने यस्तो नीति, आखिर के छ त ?

    एजेन्सी । पछिललो समय चीनको जन्मदर घटिरहेका बेला राजधानी बेइजिङमा सरकारको सहयोगमा सञ्चालित मेडिकल विमा योजनामा एक दर्जन भन्दा बढी प्रजनन सेवाहरु समेटिने भएका छन् । बच्चा जन्माउन चाहने दम्पत्तिलाई सहयोग गर्ने पहलस्वरुप थप प्रजनन् सेवाहरु समेटिन लागिएको हो ।

    images

    सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कुल १६ मेडिकल सेवालाई २६ मार्चदेखि सहरको रज्य विमाले समेट्ने जनाइएको छ । सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरुप धेरै मेडिकल सेवालाई विमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

    नयाँ प्रजनन योजनाले सेवाग्राहीको खर्च घटाउने र बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पत्तिलाई फाइदा पुग्ने विश्वस गरिएको छ । त्यस्तै, नयाँ योजनाले निजी मेडिकल विमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई सहयोग गर्नेछ । 

    images

    सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौपछि पहिलो पटक ह्वात्तै गिरावट आएको छ । गत वर्ष राष्ट्रिय सरकारले दम्पतीहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दिएको थियो ।

    ‘चीनले जन्म दर बढाउन उचित कार्य गर्नेछ,’ प्रधानमन्त्री ली खसियाङले गत वर्ष मार्चमा वार्षिक संसदीय वैठकमा भनेका थिए । एक सन्तान नीतिका कारण चीनको बृद्ध जनसंख्या बढ्दो छ ।