आइतबार, कार्तिक १६ गते २०८३
images
images

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 424
    SHARES
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमय दर

    फागुन १० काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ११ पैसा र बिक्री दर १३५ रुपैयाँ ७९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६३ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५  रुपैयाँ ६८ पैसा र बिक्री दर ८६ रुपैयाँ ११ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७७ पैसा छ ।

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९८ पैसा  एक पैसा र बिक्री दर १० रुपैयाँ तिन  पैसा कायम भएको छ ।