आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओपोद्वारा मोबाइल इमेजिंगका लागि ह्यासलबाल्डसंग रणनीतिक

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 552
    SHARES
  • ओपोद्वारा मोबाइल इमेजिंगका लागि ह्यासलबाल्डसंग रणनीतिक

    फागुन १० काठमाडौं । वैश्विक प्राविविधक ब्राण्ड ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसंग ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औद्योगिकरुपमै अग्रणी क्यामेरा प्राविधिको सह-निर्माणका लागि ३ बर्षका लागि पार्टनरशिपको घोषणा गरेको छ । मोबाइलका लागि ह्यासलबाल्ड क्यामेरा मार्फत उत्कृष्ट मोबाइल फोटोग्राफी पस्कने उद्देश्यका साथ दुबै ब्राण्ड यस सहकार्य मार्फत रंग विज्ञान अन्तर्गत नवप्रबर्तनमा आफ्नो ध्यान केन्द्रित गर्नेछन् ।

    images

    ओपो र वानप्लस विचको संघटनदेखि दुई ब्राण्ड विचका रिसर्च एण्ड डेभलपमेन्ट श्रोतहरुलाई एकिकृतरुपमा परिचालन गर्दै कार्यदक्षता बढोत्तरी तथा प्रयोगकर्ता अनुभवमा बढोत्तरीका लागि प्रयत्नहरु भइरहेका छन् । वानप्लस र ह्यासलबाल्ड विचको पार्टनरशिप मार्फत इमेजिंगमा हात पारेका उपलब्धि नियाल्दै पार्टनरशिपलाई ओपो र वानप्लस दुबै ब्राण्डका लागि कर्पोरेट स्तरमा लैजान पाउँदा ओपो उत्सुक छ ।

    “वानप्लस र ह्यासलबाल्ड बिचको विगत बर्षका सफल सहकार्य पछ्याउँदै पार्टनरशिप विकासको नयाँ श्रेणीमा प्रवेश गर्दै विश्वभरका अझ बढी प्रयोगकर्तालाई प्रख्यात ह्यासलबाल्ड मोबाइल इमेजिंग अनुभव गर्ने अवसर प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ”, चिफ प्रडक्ट अफिसर, पिट लाउले भने,“क्यामेरा कलर परफरमेन्स सधैनै ओपोका लागि प्राथमिकताको विषय रहँदै आएको छ । त्यसैगरी यो ह्यासलबाल्डको डिएनएको अभिन्न अंग समेत हो । मोबाइलका लागि ह्यासलबाल्ड क्यामेराको भविष्य संयुक्तरुपमा अन्वेषण गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।”

    images

    नयाँ पुस्ताका प्रिमियम स्मार्टफोन अनुभवका लागि वल्र्ड–क्लास मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्न उत्कृष्ट श्रेणीको इमेजिंग प्रणाली निर्माण गर्नु ओपोका लागि प्रमुख रणनीति हो । ओपोको पहिलो स्व–विकासित इमेजिंग एनपीयू मारिसिलिकन एक्सको सार्वजनिक पछ्याउँदै ह्यासलबाल्डसंगको सहकार्य मार्फत वल्र्ड–क्लास फोटोग्राफी अनुभव पस्कन ओपो अझ प्रतिबद्ध रहेको छ ।

    प्रयोगकर्तालाई अझ प्राकृतिक रंग र थप सुदृढ इमेजिंग अनुभव प्रदान गर्न ओपो र ह्यासलबाल्डले अब आरएण्डडी सहयोग मार्फत अत्याधुनिक इमेजिंग

    समाधान पस्कन सहकार्य गर्नेछ । ह्यासलबाल्डसंगको सहकार्य मार्फत प्राकृतिक रंग क्यालिब्रेशनको लाभ उठाउँदै ओपोले पोट्रेट फोटोग्राफीका लागि सम्भव भएसम्म सर्वाधिक प्राकृतिक स्किन टोन उपलब्ध गराउने योजना रहेको छ । यो तीन-बर्षिय पार्टनरशिपले प्राकृतिक कलर ट्युनिंगका लागि सफ्टवेयरमा सुधारदेखि लिएर कलर क्यालिब्रेशनमा बढोत्तरीका साथै स्मार्टफोन क्यामेरा परफरमेन्सका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने लक्ष्य समेत बोकेको छ ।

    यस मार्फत ओपो मोबाइल फोन्स मार्फत समग्र सिनेरियो र क्यामेरा प्रणाली मार्फत समान प्राकृतिक कलर परफरमेन्स उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ । “ओपो ह्यासलबाल्ड क्यामेरा फर मोबाइल” यस सहकार्यको नतिजा पहिलो पटक ओपोको नयाँ पुस्ताको फ्ल्यागशिप फाइन्ड एक्स सिरिज मार्फत सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक हुने जानकारी दिइएको छ ।