फागुन १० काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ तोलमा आठ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलाको एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।
.jpg)


