नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु
मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।
.jpg)


