आइतबार, कार्तिक १६ गते २०८३
images
images

एकैदिन बढ्यो सुनको मूल्य २ हजार ५००, प्रतितोला एक लाख नजिक

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 324
    SHARES
  • एकैदिन बढ्यो सुनको मूल्य २ हजार ५००, प्रतितोला एक लाख नजिक

    फागुन १२ काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो । 

    images

    यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ ।