बिहीबार , कार्तिक २० गते २०८३
images
images

मन्त्री झाँक्रीको राजीनामा माग

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 305
    SHARES
  • मन्त्री झाँक्रीको राजीनामा माग

    फागुन १२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । 

    images

    काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

    अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् । 

    images