आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेञ्चुरी बैंकको शाखा पेप्सीकोला र टेकुमा

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 642
    SHARES
  • सेञ्चुरी बैंकको शाखा पेप्सीकोला र टेकुमा

    फागुन १२ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन १२ देखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    images

    बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा।डा।गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

    थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ । सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरू संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको १२८ शाखा, एक्सटेन्सन काउण्टर १०, शाखारहित बैंकिङ्ग २५ र एटिएम १०७ मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    images

    bank.jpg