बिहीबार , कार्तिक २० गते २०८३
images
images

अन्तत: गठबन्धन फुट्न सक्ने, कांग्रेस यी नेताले गरे यस्तो संकेत

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 417
    SHARES
  • अन्तत: गठबन्धन फुट्न सक्ने, कांग्रेस यी नेताले गरे यस्तो संकेत

    फागुन १२ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुट्न सक्ने संकेत गरेका छन् ।

    images

    बिहीबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) असफल पनि बनाउने र गठबन्धन पनि कायम राख्ने सपना नदेख्न सत्तासाझेदार दललाई चेतावनी दिएका छन् ।

    राष्ट्र विकासको महत्वपूर्ण बिषयमा साथ नदिएपछि गठबन्धनमा टाँसिएर बस्नुको औचित्य नभएको पौडेलको भनाइ छ ।

    images

    यस्तै, उनले एमसीसी संसदबाट अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भाग्न नमिल्ने पनि बताएका छन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सर्मथन नजनाए पनि केपी ओली भने एमसीसीको पक्षमा रहनु पर्ने पौडेलको जोड छ ।

    एमालेले एमसीसी संसदमा दर्ता गराएकोले अहिले अनुमोदन गर्ने बेला भाग्न नमिल्ने पौडेलले बताए ।