बिहीबार , कार्तिक २० गते २०८३
images
images

देउवा-ओलीबीच पुन: छलफल सुरु, आजै अन्तिम निर्णयमा पुग्ने पक्का

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 331
    SHARES
  • देउवा-ओलीबीच पुन: छलफल सुरु, आजै अन्तिम निर्णयमा पुग्ने पक्का

    फागुन १२ काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले छलफललाई तीब्रता दिएका छन् । एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् ।

    images

    बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुन: भेटवार्ता भएको छ ।

    एमाले अध्यक्ष ओली नेताहरूसहित प्रधान मन्त्री देउवासँग छलफलका लागि पुन: बालुवाटार पुगेका छन् । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग पनि छन् ।  कांग्रेसका महाममन्त्री गगनकुमार थापासहितका नेताहरू पनि छलफलमा सहभाागी छन् ।

    images