आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पे स्क्यान गरि किराना सामान खरिद गर्दा दश प्रतिशत छुट

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 268
    SHARES
  • आइएमई पे स्क्यान गरि किराना सामान खरिद गर्दा दश प्रतिशत छुट

    फागुन १३ काठमाडौं । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा
    १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ । 

    images

    आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो
    अफर सार्वजनिक गरिएको हो । 

    स्टोरहरुमा विभिन्न QR प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले Scan Any QR अभियान मार्फत नेपाली बजारमा रहेको सम्पुर्ण QR स्कान गरी कुनै पनि भुक्तानी सफल गर्न मिल्ने स७३घढसबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै QR स्कान गरी भुक्तानी गर्न मिल्नेछ । साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । 

    images

    छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट १०० सम्म मात्र पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट ID १ ले डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।