आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो सुनको मूल्य, कति छ आजको कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 282
    SHARES
  • घट्यो सुनको मूल्य, कति छ आजको कारोबार ?

    फागुन १३ काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलमा एक हजार रुपैयाँले घटेको छ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

    images

    यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले  घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।