बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवा र ओलीबीच आज पुनः भेटवार्ता हुँदै

एक्सप्रेस पाना
फाल्गुण १४, २०७८ शनिबार
  • 237
    SHARES
  • प्रधानमन्त्री देउवा र ओलीबीच आज पुनः भेटवार्ता हुँदै

    फागुन १४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो ।

    images

    प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । भेटघाट ३ बजेपछि हुँदैछ ।

    केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।  

    images