बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार

एक्सप्रेस पाना
फाल्गुण १५, २०७८ आइतबार
  • 388
    SHARES
  • स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार

    फागुन १५ पोखरा । नेकपा एमालेका तत्कालीन नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले विकासका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरुप दिने गरी पुरस्कार स्थापना गर्न लागेको हो ।

    images

    शनिबार आयाेजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले २५ लाखको अक्षयकोष राखेर पुरस्कार स्थापना गर्न लागेकाे बताइन । 

    शनिबारनै रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया समेत भएको थियाे । १५ फागुन २०७५ मा अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेकाे थियो । पुरस्कार हरेक वर्ष २२ वैशाखमा अधिकारीको जन्मदिनमा वितरण गरिने भट्टराईले बताइन् । 

    images

    शनिबारको कार्यक्रममा प्रतिनिधिसभा सांसद समेत रहेकी भट्टराईले अधिकारीमाथि लागेको भ्रष्टाचार आरोप प्रमाणीत गर्न चुनौती दिएकी छिन्। नेपाल वायु सेवा निगमले एयरबसको दुई वटा ‘वाइडबडी’ जहाज खरिद गरेका बेला चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिको रिपोर्ट छ । त्यसमा अधिकारी मन्त्री हुँदा दुई पटकसम्म रकम भुक्तानी दिएकोले उनलाई पनि भ्रष्टाचारसँग जोडेर प्रचार गरिएको छ ।

    भट्टराईले वाईडबडी खरिद प्रकरणको छानबिन र अनुसन्धान गर्न आग्रह गर्दै अधिकारी दोषी देखिए त्यसको सजाय भोग्न आफू तयार रहेको बताएकी हुन् ।